जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुरले किनिन घर

काठमाडौँ – बलिउड अभिनेत्री श्रद्धा कपुर अहिले आफ्नो फिल्म स्त्री २ को सफलतामा रमाइरहेकी छिन् । 

यो फिल्मले बक्सअसफिसमा धमाल मच्चाईरहदाँ श्रद्धाले पनि व्यक्तिगत जीवनमा कमाल गरेको खबर छ । 

मिडिया रिपोर्टहरूका अनुसार श्रद्धाले नयाँ घर किनेकी छिन् । योसँगै उनी अक्षयकुमारको छिमेकी बनेकी हुन् । हिन्दुस्तान टाइम्सका अनुसार उनले ऋतिक रोशनको अपार्टमेन्ट भाडामा लिएकी हुन् । 

यसअघि यो अपार्टमेन्टमा वरुण धवन र नताशा दलाल आफ्नी छोरीसहित सिफ्ट हुन लागेको चर्चा थियो । तर केही कारणले यो खबर सत्य हुन सकेन भने श्रद्धा अहिले सो अपार्टमेन्टमा सिफ्ट भएकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?