जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘स्मार्टवाच’को आयात घट्याे

काठमाडौँ— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ‘स्मार्टवाच’को आयात घटेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा ‘स्मार्टवाच’को आयात घटेको देखिएको हो ।

चालु आर्थिक वर्ष २०८०-८१ को पुस मसान्तसम्म १६ करोड २७ लाख ८७ हजार बराबरको १ लाख ३३ हजार ९७७ यूनिट ‘स्मार्टवाच’ आयात भएको छ । 

गत आर्थिक वर्ष २०७-८० को सोही अवधिको तुलनामा चालु आवमा ‘स्मार्टवाच’को आयात  ३३.२ प्रतिशतले घटेको छ ।

चालु आवमा ‘स्मार्टवाच’को आयातबाट सरकारले ५ करोड ३ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालमा करिब २३ मुलुकबाट ‘स्मार्टवाच’ आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?