जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ऋतिक स्टारर ‘फाइटर’काे अग्रिम बुकिङ जारी,रिलिज अघि नै ९ करोड कमाउने आशा

काठमाडाैँ – ऋतिक रोशन तथा दीपिका पादुकोण स्टारर ‘फाइटर’ रिलिज हुनु अगावै चर्चामा छ ।

यी दुईले पहिलो पटक संगै काम गरेको यो फिल्म जनवरी २५ मा रिलिज हुँदै छ भने अहिले अग्रिम टिकट बुकिङ चलिरहेको छ । फिल्मले यसबाटै २ करोड भन्दा बढी कमाई गरेको छ । 

२० जनवरीबाट बुकिङ सुरु भएको हो भने अहिलेसम्म रिलिज डेको दिनलाई ८८ हजार १९० ओटा टिकट विक्री भएको छ । यो सात हजार शोको तत्थाङ्क हो । जसमा सबैभन्दा बढी बुकिङ हिन्दी भाषाका लागि छ ।

यसका लागि ४७ हजार ७४७ टिकट बिक्री हुँदा १.५८ करोड कमाई भएको छ । 

‘फाइटर’ बजेट २५० करोड हो भने यही अवस्था रहे रिलिज डेसम्म ९ देखि १० करोड कमाइ हुने आशा निर्माता टिमको छ । जहाँ बुकिङका लागि अझै २ दिन बाँकी नै छ । 

फिल्ममा ऋतिक रोशन,दीपिका पादुकोण बाहेक अनि कपूर,करण सिंह ग्रोवर,अक्षय ओवेराय र संजिदा शेख जस्ता स्टारको समेत अभिनय देख्न पाईने छ ।

निर्देशक सिद्धार्थ आनन्दले समेत यो भन्दा अघि ऋतिक कै ‘बैंग बैंग’ र ‘वार’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?