जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडसंग ग्रानाडा पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडसंग ग्रानाडा पराजित भएको छ । खेलमा एट्लेटिकोले १–० गोलअन्तरको जित निकालेको हो ।

एट्लेटिकोको जितका लागि अल्भारो मोराटाले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ५४औँ मिनेटमा मोराटाले गोल गरेका थिए ।

उनको यो गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि एट्लेटिको मड्रिड २० खेलबाट ४१ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको जिरोनाको ५२ अंक छ । यस्तै, पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?