जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

राजविराज ‘सप्तरी’ – प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक ‘सई’सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरतत छन् ।

पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?