जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘क्याप्टेन मिलर’माथि कथा चोरीको आरोप, को हुन दाबी गर्ने उपन्यासकार ?

काठमाडौँ– प्रदर्शनमा रहेको धनुषको फिल्म ‘क्याप्टेन मिलर’को कथा चोरीको आरोप लागेको छ । 

आफ्नो तमिल उपन्यास र कविताका लागि परिचित वेला रामामूर्तिले यस्तो आरोप लगाएका हुन् ।

अभिनेता समेत रहेका वेलाले विना अनुमति उपन्यासलाई मिलाएर फिल्म बनाएकोमा निर्माताको आलोचना गरेका छन् भने यो कथा आफ्नो उपन्यास ‘पट्टाथु यानाई’ को प्रतिलिपि भएको दाबी गरेका छन्। 

एउटा तमिल पत्रिकासँग कुरा गर्दै वेलाले आफूले यो चोरीको न्याय चाहेको तथा यो मुद्दा तमिल सिनेमा निर्देशक सङ्घमा लैजाने समेत बताएका छन् ।

तमिल फिल्म इन्डस्ट्रीमा इमानदारिता नभएको आरोप लगाएका उनले यो मुद्दा उठाएर आफूलाई प्रसिद्ध बन्न वा पैसा कमाउन मन नभएको समेत प्रस्टाएका छन् । 

वेलाले अहिलेसम्म रजनीकान्तको ‘अन्नाते’, ‘सेतुपति’ र ‘कीदारी’ जस्ता फिल्महरूमा भूमिका निभाएका छन्  यसबाहेक उनले फिल्म ‘इनै नोक्की पायम थोता’ मा पनि धनुषका बुवाको भूमिका निर्वाह गरेका छन् ।

यता जनवरी १२ मा हलमा रिलिज भएको धनुषको ‘क्याप्टेन मिलर’ ले भने आइतबार १ करोडको व्यापार गरेको छ । यसको कुल आन्तरिक सङ्कलन अहिले ४३ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?