जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई २०८० को मदन पुरस्कार

काठमाडौँ – २०८० को मदन मदन पुरस्कार  मोहन मैनालीले पाएका छन् ।

मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएको थियो । जसमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चाम्लिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।

गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो । त्यस्तै दीक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?