जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवाले गर्भवती बढी लाभान्वित

मलङ्गवा ‘सर्लाही’ – यहाँस्थित पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । पालिकाअन्तर्गतका छवटै वडाका नागरिकको सहजताका लागि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिए ।

सेवा सुरु भएपछि त्यस क्षेत्रका गर्भवती बढी लाभान्वित भएका छन् । “गर्भवतीलाई लक्षित गरी ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ”, अध्यक्ष यादवले भने, “पैसा तथा जानकारीको अभावमा अल्ट्रासाउन्ड नगराउदा गर्भवतीको ज्यान नै जोखिममा पर्ने गरेकाले सेवा सुरु गरेका हौँ ।”

गाउँपालिकाको सहयोगमा गएको भदौ १ गतेदेखि सबै वडामा गर्भवतीलाई अल्ट्रासाउन्ड सेवा दिन थालिएको सूचना अधिकारी विमलेश यादव ‘रुपेश’ले जानकारी दिए । अल्ट्रासाउन्ड गर्नाका साथै स्वास्थ्यकर्मीले गर्भवतीको स्वास्थ्य परीक्षण गरी निःशुल्क रुपमा आइरन चक्कीलगायत औषधिसमेत वितरण गरिँदै आएको उनले बताए ।

यसैगरी गत आर्थिक वर्षदेखि यहाँ ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरी निःशुल्क स्वास्थ्य चेक जाँच पनि हुँदै आएको छ । यस कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण हुने गरेको गाउँपालिका जनस्वास्थ्य निरीक्षक चन्देश्वरप्रसाद साहले जानकारी दिए।

गत आर्थिक वर्षमा नौ हजार चार सय ८० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको उनले बताए । साहकाअनुसार मधुमेह, ज्वरो, रक्तचापलगायतका औषधि निःशुल्क वितरण गरिएको थियो ।

मधेस प्रदेश सरकारको सहयोगमा पर्सा गाउँपालिका–३, स्थित नारायणपुर स्वास्थ्य चौकीमा अतिआधुनिक प्रयोगशाला सेवाको स्थापना भएपछि स्थानीयले सहुलियत दरमा सेवा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?