जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विक्की कौशलको सामबहादुर ओटीटीमा रिलिज हुने

काठमाडौँ – गत वर्ष डिसेम्बर १ मा रिलिज भएको विक्की कौशलको फिल्म ‘साम बहादुर’ अब ओटीटीमा पनि रिलिज हुँदै छ । यो फिल्म गणतन्त्र दिवसको अवसरमा ओटीटीमा रिलिज हुन लागेको हो ।

अर्थात यो जनवरी २६ मा जी ५ मा प्रिमियर हुनेछ। साम मानेकशाको जीवनमा आधारित यस फिल्ममा विक्कीले आफ्नो चरित्रलाई पूर्ण न्याय दिएका छन् । 

विक्की कौशलको फिल्म  ‘साम बहादुर’ गत १ डिसेम्बर २०२३ मा सिनेमा घरमा रिलिज भएको थियो। यस फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन । 

समाचार अनुसार  ‘सामबहादुर’ ५५ करोडको बजेटमा बनेको फिल्म हो । फिल्मले विश्वभरबाट कुल १३० करोड भारु कमाएको छ ।

फिल्मकी निर्देशक मेघना गुलजार आफैंले  ‘सामबहादुर’ बनाउनका कारण जीवन परिवर्तन गर्ने अनुभव भएको बताएकी छन् । उनले विक्की कौशलको अभिनयको पनि खुलेर प्रशंसा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?