जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के स्तनको आकार र यौन सन्तुष्टिको सम्बन्ध छ ?

महिलाको स्तन पुरुषका लागि यौन आकर्षण गर्ने अङ्ग हो। ज्यादै भद्दा, निकै सानाभन्दा मध्यम खालको वक्षस्थल अनि मुन्टा नै प्रस्टिने, दुई स्तन बीचको खोपिल्टो देखिने पहिरन लगाएका महिलाका वक्षस्थलमा तुलनात्मक रूपमा बढ्ता आँखा पुग्ने गर्छन्।

चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थि बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो। यो छातीको मांसपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ।  स्तनभरि  नै प्रमुख रूपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ।

स्तनको स्पर्शले पुरुष र महिला दुवैलाई उत्तेजित बनाउँछ । तर स्तनको आकार सानो वा ठुलो जे भए पनि यौन सुख पाउने कुरामा कुनै फरक पार्दैन ।

कतिपयलाई वैवाहिक जीवनमा स्तनको आकारले असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसँगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ ।

ठुला आकारका स्तन भएका कति महिलाका वैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होइन ।

प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रूपमा पिर लिएर बस्नु कुनै बुद्धिमानी होइन ।

मनोबल उच्च बनाई आफ्नो शारीरिक स्वरूपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?