जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यसरी गर्नुहोस् हाँगा फाटेको कपालको घरेलु उपचार

यदि कपालको उचित हेरचाह गरिएन र कपाललाई पर्याप्त मात्रामा नरमपना र पोषण प्राप्त भएन भने कपालमा हाँगा पलाउन थाल्छ। जब कपाल टुक्रा टुक्रा हुन्छ, यसको चमक हराउँछ र कपाल सुख्खा देखिन थाल्छ।

कपालमा हाँगा पलाए के गर्ने घरेलु उपाय 

कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ । 

त्यस पछि ६ ९ ७ चम्चा एलोभेरा जेल लिने (आफ्नो कपाल अनुसार), त्यसमा १ भिटामिन इ क्याप्सुल , नरिवलको तेल र मह यो सबै  राम्रोसँग मिलाउने र आफ्नो कपाल को बीचबाट टुप्पो सम्म राम्रोसँग लगाउने एउटा कपाल नछुट्ने गरी त्यस पछि कपाललाई जुरो बनाए र ३० मिनेटका लागि छोड्ने ।

३० मिनेट पछि रसायन नभएको स्याम्पुले राम्रोसँग नुहाउने र कृत्रिम तरिकाले वा मेसिनको प्रयोग नगरी कपाललाई प्राकृतिक तरिकाले नै सुकाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?