जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अक्षय र टाइगर ले सार्वजनिक गरे ‘बढे मिया छोटे मिया’ को पाेस्टर

काठमाडाैँ – अक्षयकुमार र टाइगर श्राफ अहिले आफ्नो आगामी फिल्म ‘बढे मिया छोटे मिया’ मा व्यस्त छन् ।

यसबारे पोस्ट शेयर गरेर जानकारी दिएका उनीहरूले यसअघि टिजर रिलिज को डेट सार्वजनिक गरेका थिए ।

अहिले उनीहरूले नयाँ पोस्टर समेत सार्वजनिक गरेका छन् । जहाँ अक्षयकुमार र टाइगर एक्सन अवतारमा देखिन्छन् । हातमा बन्दुक वोकेका उनीहरूले फायर गरिरहेको दृश्यमा देखाईएको छ ।

पोस्टर सार्वजनिक गर्दै उनीहरूले ‘जब दुनिया बचाने कि बात आती है,तुम्हारे पिछे तुम्हारे यार खडा हैँ’ लेखेका छन् । साथमा उनीहरले टिजर जनवरी २५ मा सार्वजनिक हुने जानकारी समेत दिएका छन् । 

यो फिल्म अप्रिलमा इदको अवसर पारेर रिलिज गर्ने तयारीमा निर्माता छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?