फ्रान्सले लगायो विद्यालयमा स्मार्टफोन प्रयोगमा प्रतिबन्ध

काठमाडौँ – फ्रान्सले विद्यालयमा स्मार्टफोनको प्रयोगलाई प्रतिबन्ध लगाएको छ ।

बालबालिकामा मोबाइलको लतको खतरालाई ध्यानमा राख्दै फ्रान्सले विद्यालयमा १५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई स्मार्टफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको हो।

सरकार जारी विज्ञप्तिअनुसार अब विद्यालय तथा कलेजका विद्यार्थीले स्मार्टवाच, ट्याब्लेटलगायत स्मार्टफोनबाहेक अन्य विद्युतीय सञ्चार डिभाइस प्रयोग गर्न पाउने छैनन्।

यो प्रतिबन्ध विद्यालयमा हुँदा मात्र नभई विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि लागू हुनेछ। विद्यालय परिसरभन्दा बाहिर हुने विद्यालयसँग सम्बन्धित गतिविधिहरू पनि यसको दायराभित्र पर्दछन्।

तर कुनै पनि प्रकारका असहाय बालबालिकाका लागि वा कुनै पनि चिकित्सा वा स्वास्थ्य अवस्था भएका विद्यार्थीहरूका लागि चिकित्सा उपकरणको रूपमा प्रयोग गर्न सक्ने छन् । 

त्यस्तै परिस्थितिलाई ध्यानमा राख्दै, विद्यालय अधिकारीहरूले आफ्ना विद्यार्थीहरूलाई विशेष परिस्थितिमा मोबाइल फोन प्रयोग गर्न अनुमति दिन सक्छ। यसका लागि पनि संस्था वा विद्यालयले कुन परिस्थितिमा र कुन ठाउँमा यो अनुमति दिइएको हो भन्ने स्पष्ट पार्नु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?