जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पीएम कपमा आर्मीले एपीएफलाई हरायो

काठमाडौं – त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । मंगलबार भैरहवामा सम्पन्न खेलमा आर्मीले एपीएफलाई ४ विकेटले पराजित गरेको हो ।

एपीएफले दिएको १२२ रनको लक्ष्य पछाएको आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको एपीएफले ३२.४ ओभरमा अलआउट हुदै १२१ रन बनाएको थियो ।

यो एपीएफको यस पीएम कपमा लगातार तेस्रो हार हो । एपीएफले ५ खेलमा ३ हार र २ जित हासिल गरेको छ । त्यस्तै आर्मीको भने यो पाँचौं खेलमा तेस्रो जित हो ।

अब आर्मीले बुधबार भैरहवामा नै लुम्बिनी प्रदेशसँग खेल्ने छ । त्यस्तै एपीएफले विहिबार लुम्बिनी प्रदेशसँग भैरहवामा नै खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?