जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अनलाइन भुक्तानी गर्न निःशुल्क वाइफाई प्रयोग नगर्न प्रहरीको आग्रह

नेपाली प्रहरीले भुक्तानी वा रकम स्थानान्तरणका लागि निःशुल्क वाइफाई प्रयोग नगर्न आग्रह गरेको छ । 

साइबर सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले सम्भव भएसम्म  कुनै पनि सार्वजनिक स्थानमा निःशुल्क उपलब्ध हुने वाइफाई प्रयोग गरेर अनलाइन कारोबार नगर्न सामाजिक सञ्जालमार्फत सचेत गराएको हो । 

अहिले  कफि सप, होटल, मलदेखि पुस्तकालयसम्म उपयोग फ्रि वाइफाई उपयोग गरिन्छ। जसको उद्देश्य सार्वजनिक स्थलमा सर्वसाधारणले निःशुल्क इन्टरनेटको सुविधा पाउन् भन्ने नै भए पनि सबैले यसको सदुपयोग नै गर्लान् भन्न सकिँदैन । 

फलतः यस्ता निःशुल्क वाइफाई उपलब्ध हुने स्थानहरूमा ह्याकरले पनि फाइदा उठाउँदै त्यहाँ निःशुल्क वाइफाई उपलब्ध गराएको हुन सक्छ। ह्याकरले उपलब्ध गराएको वाइफाईमा जोडिने प्रयोगकर्ताहरूको डेटा सिधैं उसले चोरी गर्न सक्छ। 

यति मात्र नभएर कतिपय समय यस्ता अपराधीहरुले सेवा प्रदायकले उपलब्ध गराएको नेटवर्क नै ह्याक गरेर त्यसमा जोडिएका प्रयोगकर्ताहरूको डेटा चोरी गर्न पनि सक्छन्।

यसरी प्रयोगकर्ताको पासवर्ड, बैंकिङ खाता, व्यक्तिगत डेटाहरू ह्याक हुन सक्छ। कतिपय समय प्रयोगकर्ता आफैलाई आफ्नो खाताहरू ह्याक भएको तत्काल थाहा नहुन सक्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?