जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

अभिनयमा जम्दै सिमोन (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– नेपालगञ्जमा जन्मिएकी सिमोन गिरी काठमाडौँमा रहेर मोडलिङ क्षेत्रमा आफ्नो सक्रियता देखाइरहेकी छिन् । उनले अभिनयमा पनि आफूलाई स्थापित गर्दैछिन् । ‘मिस एसईई नेपालगञ्ज’ की विजेता सिमोन मोडलिङको क्षेत्रमा आफूलाई चिनाउन चाहन्छिन् ।

मण्डला थियटरमा अभिनय सिकेकी सिमोन यतिबेला डकुमेन्ट्री र फोटो शूटमा सक्रिय छिन् । उनले फिल्म ‘दुई कदम’ मा समेत अभिनय गरिसकेकी छिन् । उनी राम्रा फिल्मबाट अफर आए जस्तोसुकै भूमिकालाई पनि न्याय दिने बताउँछिन् ।