जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित

काठमाडौं – टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश गरेकी छिन् । पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा केकी अनुबन्धित भएकी हुन् ।

निर्देशक अमनप्रताप अधिकारीका अनुसार केकी र निर्माताबीच औपचारिक सहमति भएको छ । अन्य तीन जजहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक दोस्रो सिजनमा पनि निरन्तर हुनेछन् ।

निर्देशक अधिकारीका अनुसार यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदैछ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे दर्शकले हिमालय टिभीमा ‘द पोएट आइडल’ हेर्न पाउनेछन् ।

यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन् । दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी आयोजकको छ ।

शोलाई अभिनेता दिव्यदेवले होस्ट गर्नेछन् । उनी पहिलो सिजनमा पनि होस्टको रुपमा थिए । पहिलो सिजनमा सिक्किमकी कवयत्री निलम गुरुङ विजेता बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?