जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेशनल किड्स अफ दि इयरका प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौँ– छैठौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’का ६० प्रतियोगीले आफुमा रहेको विभिन्न ट्यालेन्ट देखाएका छन् ।

होटल मल्लमा आयोजित ‘ट्यालेन्ट’ राउण्ड’ अन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका बिभिन्न कला प्रस्तुत गरेका हुन् । ट्यालेन्ट शो नेपाली कलासंस्कृतिमा केन्द्रीत गरिएको थियो ।

ट्यालेन्ट राउण्डको निर्णायमा गायक निर्णय श्रेष्ठ, गायक कमल खत्री, अभिनेता अमित गिरी, नृत्य निर्देशक संगीता श्रेष्ठ, क्लासिकल डान्सर सिता सुवेदी र सेक्सोफोन मास्टर  सन्दीप कार्की रहेका थिए ।

ट्यालेन्ट राउण्डको विजेता फाइनल प्रतिस्पर्धामा घोषणा गरिनेछ ।

सिनियर र जुनियर गरेर दुई क्याटवरी रहेको प्रतियोगीतामा जुनिएरमा कक्षा १ देखि ४ सम्म र सिनिएमा ५ देखि ८ सम्म अध्यायनरत छात्रछात्रा छन् ।

सिनियरमा २० र जुनियरमा ४० प्रतियोगी रहेका छन् । उपत्यकाका थुप्रै स्कुलका बिद्यार्थीहरु सहभागी छनौट चरणको अडिसनबाट प्रतियोगी छानिएका हुन् । यी प्रतियोगितामा २५ स्कुलको प्रतिनिधित्व रहको आयोजकले जनाएको छ ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टको आयोजनामा रहेको प्रतियोगीताको प्रतियोगी अहिले फाइनल स्पर्धाका लागि प्रशिक्षण मार्फत आफुलाई निखारिरहेका छन् । प्रशिक्षणको क्रममा सोफिया महर्जन कार्कीले पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभलपमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका छन् ।

लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको एमडी हुन् । प्रशिक्षणको क्रममा समय समयमा सेलिब्रेटी, मिडिया पर्सनबाट पनि प्रशिक्षण हुँदै आएको छ ।

असोजको दोस्रो साता फाइन हुने प्रतियोगीतामा सिनियर र जुनियर गरेर दुई शिर्ष विजेता सहित बिभिन्न उप–बिधामा समेत विजेता छानिनेछन् ।

शीर्ष दुई विजेताले नगद २५ हजार,अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी अवसरको अलवा बिभिन्न गिफ्ट प्राप्त गर्नेछन् । अन्य विजेताले पनि बिभिन्न गिफ्टहरु प्राप्त गर्नेछन् ।

बच्चाहरुलाई नेपाली कल्चरको जानकारी सहित उनीहरुको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले  प्रतियोगीता आयोजना हुँदै आएको आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारको इभेन्ट बेटर ग्यालेक्सीका प्रमुख धिरज तन्डुकारले बताए ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?