जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पुरुषको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०२४’ को काठमाडौँ अडिसन सम्पन्न

काठमाडौँ– पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०२४’ को पहिलो काठमाडौं अडिसन सम्पन्न भएको छ ।

यू क्यान फ्लाई फेशन प्रालीको आयोजनामा सम्पन्न हुन गइरहेको उक्त प्रतियोगिताको काठमाडौंमा दोस्रो अडिसन भने सेप्टेम्बर १४ मा हुनेछ ।

पहिलो अडिसनमा सहभागीहरूलाई एभेन्ट मेन्टर तथा कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, फ्लाई फेशन प्रवन्ध निर्देशक मोडल तथा फेशन डिजाइनर स्वीकृति प्याकुरेल, फ्लाई फेशनका संस्थापक मोडल संसद शाह, दि फेस नेपालका विजेता प्रतिक चौधरी लगायतले क्षमता जाँच गरेका थिए ।

पहिलो अडिसनमा काठमाडौंबाट १३ जना छनोट भएका कार्यक्रम संयोजक मञ्जिल श्रेष्ठले बताए । अडिसनमा सहभागीहरूको फिजिकल फिटनेस, बौद्धिक्ता जाँच गर्नुसँगै फेसन, सामाजिक तथा राजनीतिकसँग जोडिएका समसामयीक विषयहरूमा रहेर प्रश्नहरू गरिएको थियो । सहभागिहरूले निर्णायकसामु गायन, नृत्य तथा अभिनय कला पनि प्रस्तुत गरेका थिए । कोरियोग्राफर रहेका ताम्राकारले नेपालमा हुँदै आएका पुरूष सौन्दर्य प्रतियोगिताको इतिहासमा यो पटक जतिको क्षमतावान प्रतियोगी नदेखिएको बताए ।

नेपालका प्रमुख शहरहरू काठमाडौँ, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिँदा सेप्टेम्बर ६ मा (शुक्रबार) चितवनमा हुँदैछ । त्यसपछि पोखरामा सेप्टेम्बर ७, बुटवल सेप्टेम्बर ९, मोरङको विराटचोक र विराटनगरमा सेप्टेम्बर १४ मा अडिसन मिति तय गरिएको छ । यो बीचमा सेप्टेम्बर ११ मा काठमाडौंंको दोस्रो अडिसन हुने श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन दिन सक्नेछन् । यस प्रतियोगिताको ब्राण्ड एम्बास्डर स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने छन् ।

प्रतियोगिताको फाइनल सेप्टेम्बर २८ मा काठमाडौँमा हुनेछ । विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२४’ को लागि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?