ल्यापटपमा स्क्रिन रेकर्डिङ कसरी गर्ने ?

ल्यापटपमा भएको स्क्रिन रेकर्डिङ फिचरले ल्यापटप प्रयोगकर्तालाई स्क्रिनका दृश्यहरू रेकर्ड गर्ने अवसर प्रदान गर्दछ । 

जसका कारण भिडियो कल होस् वा भर्चुअल मिटिङ तथा अनलाइन कक्षा सबैको महत्त्वपूर्ण जानकारी तथा क्षणहरू तपाईँले सङ्गृहीत गर्न सक्नुहुन्छ ।

त्यसका लागि तीन ओटा बटन एकैसाथ थिच्नु पर्ने हुन्छ। यी  विन्डोज प्लस अल्ट प्लस आर (Window + Alt + R) हुन्। तपाईँले यी तीन बटनहरू थिच्ने बित्तिकै, स्क्रिनको दायाँ छेउमा रेकर्डिङ चिन्ह देख्नुहुनेछ। यस्तै तपाईले चाहनु भएको बेला उक्त रेकर्डिङ बन्द गर्न सक्नुहुन्छ।

रेकर्ड गरिएको भिडियो हेर्नको लागि, तपाईँले विन्डोज प्लस जी (Window+G) थिच्नु पर्छ।

यदि तपाईँ म्याकओएस (MacOS) मा स्क्रिन रेकर्डिङ गर्न चाहनुहुन्छ भने, त्यसको लागि कमान्ड प्लस सिफ्ट प्लस ५ (Command + Shift + 5) एकैसाथ थिच्नुहोस्। तपाईँले रेकर्ड गरिएका क्लिपहरू डेस्कटपमा नै फेला पार्नुहुनेछ।

आवाज रेकर्ड गर्न चाहनुहुन्न भने यो गर्नुहोस्

यदि तपाईँ स्क्रिन रेकर्डिङको समयमा आफ्नो आवाज रेकर्ड गर्न चाहनुहुन्न भने, तपाईँ यसको लागि म्यूट बटन प्रयोग गर्न सक्नुहुन्छ।

यदि तपाईँ आवाज रेकर्ड गर्न चाहनुहुन्छ भने, ल्यापटपको भोल्युमलाई फूल अन अर्थात् पुरै माथि उठाउनुहोस् जसले गर्दा अडियो राम्रोसँग रेकर्ड गर्न सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?