जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिडल्सब्रोलाई हराउँदै चेल्सी फाइनलमा

काठमाडौँ– मिडल्सब्रोलाई ठूलो अन्तरले पराजित गर्दै चेल्सी कारबाओ कपको फाइनलमा पुगेको छ।

गएराति भएको सेमिफाइनलको लेग-२ मा मिडल्सब्रोको पोष्टमा ६ गोल गर्दै चेल्सी फाइलनमा पुगेको हो ।

पहिलो लेगमा चेल्सी १-० गोलले पराजित भएको थियो । गएराति स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा नै चेल्सीले ४ गोल गरिसकेको थियो ।

खेलको १५ औं मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरे । यस्तै २९ औं मिनेटमा इन्जो फर्नान्डेजले, ३६ औं मिनेटमा डिसासीले र ४२ औं मिनेटमा कोल पालमरले गोल गरे ।

दोस्रो हाफको ७७ औं मिनेटमा पनि कोल पालमर र ८१ औं मिनेटमा नोनी मेड्युकेले गोल थपे ।

अब चेल्सीले फुलह्याम र लिभरपुलबीचको विजेतासँग फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?