जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पाँच कृतिलाई २० हजार नगदसहित पुरस्कृत

काठमाडौँ– पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत गरेको छ। शनिबारदेखि आयोजना भएको काठमाडौं–कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणबाट पाँच कृतिलाई पुरस्कृत गरिएको हो ।

साहित्य महोत्सवबाट काव्यतर्फ देवव्रतको ‘अस्वत्थामाको निधारबाट बागमती बग्छ’, आख्यानतर्फ मुना चौधरीको ‘लार’ कथासंग्रह, गैरआख्यानतर्फ मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ (संयुक्त), अंग्रेजीतर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य’ कृतिहरू रहेका छन् ।

पुरस्कृत कृतिका स्रष्टालाई जनही २० हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?