जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अर्थशास्त्री हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन

काठमाडौँ– अर्थशास्त्री हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रम आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचनका अवसरमा विमर्श कार्यक्रम पनि आयोजना गरिएको छ । सो पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।

विमर्श कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्राडा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?