जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यू-१९ विश्वकप क्रिकेट : नेपालले आज पाकिस्तानको सामना गर्दै

काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ ।

खेल दक्षिण अफ्रिकाको इस्ट लण्डनमा रहेको बफेलो पार्कमा नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच भएका तीन खेलमध्ये दुबै टिमले समान एक खेल जितेका छन् भने एक खेल नतिजाविहीन भएको थियो । समूह ‘डी’ मा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?