जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यो वर्षको पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई

काठमाडौँ – खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको पद्म श्री साहित्य पुरस्कार यो वर्ष प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई दिइने भएको छ । 

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । 

वि.स२०८० सालमा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तक प्राप्त भएको थियो भने विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो । त्यसमध्येबाट गौतमको अद्वैत यो वर्षको पद्म श्री साहित्य पुरस्कारका लागि छानिएको हो । 

त्यस्तै पद्म श्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक श्री पवन कुमार चामलिंगलाई अर्पण गर्ने निर्णय गरिएको छ । । उनी २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए । 

त्यस्तै पद्म श्री गौरव पुरस्कार भने समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई  अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

यी पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?