जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् नयाँ नियम

काठमाडौं- भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम लागू भएको छ । भिजिट भिसामा विदेश जाँदा ठगिने जोखिम हुने र कतिपय अवस्थामा भिजिट भिसामा विदेश गएकाहरु उतै लुकेर बस्न थालेपछि सरकारले नयाँ नियम ल्याएको हो ।

ट्राभल एडभाइजरीसँगै अध्यागमन विभागले लागू गरेको नयाँ नियमअनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको अवधि बाँकी भएको वैध राहदानी हुनुपर्ने छ ।

त्यस्तै, गन्तव्य देशको भिसा, दुई तर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको कागजात पनि बुझाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?