जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फाइभजी नेटवर्कका ग्राहक बढाउँदै चीन

काठमाडौं– सूचना प्रविधिको विकासमा चीन नयाँँ उचाइमा पुगिरहेको छ । यसैबीच फाइभजी नेटवर्कको निर्माणमा पनि चीनले निरन्तर प्रगति गरिरहेको छ ।

आफ्नो वास्तविक अर्थतन्त्रको डिजिटल र बौद्धिक रूपान्तरणलाई अगाडि बढाउने प्रयासमा चीनले २०२३ को अन्त्यसम्ममा लगभग १.४ बिलियन फाइभजी ग्राहकहरू बनाउन सफल भएको छ ।

चाइना मोबाइलले नोभेम्बरमा १ लाख ७१ हजार र अक्टोबरमा ७ लाख ४६ हजार ग्राहकहरूको तुलनामा डिसेम्बरमा ५२ हजार मात्र ग्राहक थपेको छ ।

चाइना टेलिकमले डिसेम्बरमा मात्र ५ लाख ४० हजार ग्राहकहरु थपेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?