जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पीएम कपमा कोशीको लगातार आठौँ हार

काठमाडौं – जारी पीएम कपमा कोशी प्रदेशले आठौँ हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेपछि कोशीले लगातार आठौँ हार बेहोरेको हो ।

कोशी प्रदेशले दिएको १२४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २१.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि कोशीले पहिला ब्याटिंग गर्दै ३२ ओभरमा अलआउट भएर १२३ रन बनाएको थियो ।

यो जितपछि सुदूरपश्चिम प्रदेशले ५ खेलमा चौथो जित हासिल गर्दै ८ अंक बनाएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार आठौँ हार बेहोरेको छ ।

अब सुदूरपश्चिमले अर्को खेल बिहीबार बागमती प्रदेशसँग मुलपानी मैदानमा खेल्ने छ भने कोशी प्रदेशले आफ्नो अन्तिम खेल आउदो मंगलबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?