जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘हात्तीछाप’को ट्रेलर सार्वजनिक, फिल्ममा कमेडीदेखि भूकम्पसम्मको कथा !

काठमाडौं – माघ २६ गतेदेखि प्रदर्शनमा आउन तयारी रहेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । सिमोस सुनुवार निर्देशित फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तु चित्रण गरिएको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतको अभिनय छ । बेनिशा हमालको केमियो रोल छ ।

किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’मा प्रदीप भारद्वाजको पटकथा, सुशन प्रजापतिको छायांकन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत र रामजी लामिछानेको नृत्य छ ।

पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

अभिनेता सौगात मल्लको ‘बोत्तल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने देखिन्छ । फिल्ममा दयाहाङ र उपासनाको पात्रबीच जोडी बाँधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?