नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि ३५ कर्मचारी

काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै निगमले दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने निगमले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?