जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

डेटिङको हल्लामा बोलिन कंगना, झुटो अफवाह फैलाएर अपमानित नगर्नुस्

काठमाडौं । अभिनेत्री कंगना रनौत फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । हिजो चलचित्रको रिलिज मिति समेत अभिनेत्रीले खुलाएकी थिइन् । तर प्रोफेसनल लाइफ बाहेक अभिनेत्री आफ्नो पर्सनल लाइफका कारण पनि चर्चामा छिन् ।

कंगनाको नाम करोडपति व्यापारी निशान्त पिट्टीसँग जोडिएको छ । उनीसँग अभिनेत्रीका केही तस्बिरहरू सार्वजनिक भएका थिए, जसपछि दुवैको डेटिङको अफवाहले चाँडै मानिसहरूको ध्यान तान्यो। यद्यपी यी खबरमा आफ्नो मौनता तोड्दै नायिकाले आफ्नो पर्सनल लाइफको बारेमा ठूलो अपडेट दिएकी छिन् ।

कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सम्बन्धको खुलासा गरेकी हुन् । अभिनेत्रीले निशान्त पिट्टीसँगको आफ्नो सम्बन्धको खबर साझा गर्दै उनीसँग डेट नगरेको स्पष्ट पारिन् । दुवैले एकअर्कालाई चिन्दै अयोध्यामा फोटो खिचेका थिए । कंगनाले निशान्त विवाहित भइसकेको र आफू अर्कैलाई डेट गरिरहेकी छिन्, यो सही समय आएपछि खुलासा गर्ने बताइन् ।

निशान्तसँगको आफ्नो सम्बन्धको अफवाहको कथालाई झुटो भन्दै कंगनाले यस्तो अफवाह फैलाएर अरुलाई अपमानित नगर्न लेखेकी छिन् । युवतीको नाम दिनहुँ कसै कसैसँग जोड्नु ठीक होइन। उनले भनिन् “एउटी युवतीको नाम नयाँ पुरुषसँग जोड्नु ठीक होइन। त्यो पनि उनीहरूले सँगै तस्बिर क्लिक गरेको कारणले। कृपया यस्तो नगर्नुहोस्।”

अभिनेत्रीको व्यावसायिक जीवनको कुरा गर्दा फ्यानले उनलाई ‘इमर्जेन्सी’ मा देख्नेछन् । यो फिल्म यही वर्ष जुन १४ मा रिलिज हुँदैछ । फिल्ममा कंगनाले भारतको पहिलो र एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । फिल्मलाई कंगनाले निर्देशन र निर्माण पनि गरेकी छिन् ।

कंगनाका अलावा ‘इमर्जेन्सी’ मा जयप्रकाश नारायणको भूमिकामा अनुपम खेर, अटल बिहारी वाजपेयीको भूमिकामा श्रेयस तलपदे, मोराजी देसाईको भूमिकामा अशोक छाबरा, फिल्ड मार्शल साम मानेकशा, विशाक नायरको भूमिकामा मिलिन्द सोमन पनि छन् । सञ्जय गान्धीको भूमिकामा सतीश कौशिक र जगजीवन रामको भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?