जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडौं । मन्त्रिपरिषद् बैठकले चलचित्र ‘निर्माण, प्रदर्शन र वितरण’ सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृति प्रदान गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई चलचित्र निर्माण, प्रदर्शन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ। दुईसाताअघि केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रकर्मीलाई बोलाएर अन्तर्किया कार्यक्रम गरेको थियो।

जहाँ सम्पूर्ण चलचित्रकर्मीहरूले नेपाली फिल्म क्षेत्र २०२६ सालको कानुनमा अघि बढेकाले वर्तमान समयअनुसार कानुन परिमार्जन गर्न सुझाव दिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रकर्मीबाट पाएका सुझावलाई मध्यनजर गर्दै हिउँदे अधिवेशनमा फिल्म विधेयक पेश गर्ने समेत बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?