जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालमा रोबर्ट प्रतिस्पर्धा हुने, कुन कुन देश हुदैछन् सहभागी ?

काठमाडौं –नेपाल बिद्यार्थी संघको आयोजनामा नेपालमा रोबर्ट प्रतिस्पर्धा हुने भएको छ । 

विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले यही माघ १३, १४ र १५ काठमाडौँस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

सर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाको भनाइ छ । 

खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबर्टबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबर्टको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको बताए ।

प्रतियोगितामा प्रथम हुने समूहले  तीन लाख ५० हजार, दोस्रो हुनेले  एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?