जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दुई संस्कृतविद् १५ हजार नगदसहित सम्मानित

काठमाडौँ– संस्कृती क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत दुई जना संस्कृतविद् सम्मानित भएका छन् । एक कार्यक्रमको आयोजना गरी संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू सम्मानित भएका हुन् ।

स्वर्गीय ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित अक्षयकोषबाट उनीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो । उनीहरुलाई एक प्रतिव्यक्ति १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

जोशीलाई ज्ञानकाजी–मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी–मोहनलाल खिं संस्कृति गौरव सम्मान प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?