जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नाटक ‘मुक्कुमलुङ’ असोज २ गतेदेखि मञ्चन हुने

काठमाडौँ– नाटक ‘मुक्कुमलुङ’ (विश्वासको शक्ति) असोज २ गतेदेखि प्रदर्शनीमा आउने भएको छ । डा चित्र माबोको पुस्तक ‘डोलीभर्ना’मा आधारित सो नाटक बुधबारदेखि काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थियटरमा प्रदर्शनीमा आउन लागेको हो ।

नाटक असोज २० गतेसम्म मंगलबार बाहेकको दिनमा प्रदर्शन हुनेछ । राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी हुन्। स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ छन्।

नाटकमा रेयर राई, दिपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, युवाहाङ राई, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?