जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भन्सालीले घोषणा गरे नयाँ फिल्म ,रणबीर,आलिया र विक्की एकसाथ देखिने

काठमाडाैँ – निर्माता सञ्जय लीला भन्सालीले आफ्नो आगामी फिल्मको घोषणा गरेका छन् । उनले रणबीर कपूर,आलिया भट्ट र विक्की कौशललाई लिएर ‘लव एण्ड वार’ बनाउन लागेका हुन् ।

यो फिल्म सन् २०२५ मा प्रदर्शनमा आउने बताइएको छ । ‘एनिमल’ पछि रणबीरको हातमा यो ठूलो फिल्म आएको हो । केही समय अघि भन्साली ‘ईन्साअल्लाह’ र ‘बैजू बाबरा’ले चर्चामा थिए भने रणबीर ‘एनिमल’ का कारण चर्चामा रहे । 

‘लव एण्ड वार’ लभस्टोरी भएको बताइएको छ । जसको भन्सालीले लामो समय देखि योजना बनाएका थिए । योसँगै चर्चामा रहेको ‘ईन्साअल्लाह’ र ‘बैजू बाबरा’के हुन्छ भन्ने चासो समेत बढेको छ ।

जसमध्ये ‘बैजू बाबरा’को ठाँउ ‘लव एण्ड वार’ हुनसक्ने बताइँदा ‘ईन्साअल्लाह’ बार केही अपडेट बाहिर आएको छैन । यसका लागि शाहरुख खानसँग कुराकानी भए पनि उनले फिल्म खेल्न अस्वीकार गरेपछि निर्माण अघि बढ्न नसकेको चर्चा छ ।

यसमा अघिल्लो वर्ष नै लभ स्टोरीमा देखिएको भन्दै कुनै नयाँ काम गर्न इच्छुक रहेको शाहरुखको ईच्छाले काम गरेको बताइएको छ । 

यता भन्साली त बितेको केही समयदेखि आफ्नो सिरिज ‘हीरा मन्डी’मा समेत काम गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?