जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो 

काठमाडौँ— पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयात बढिरहेको छ । 

भन्सार विभागका अनुसार गत असारदेखि पुस मसान्तसम्ममा  नेपालमा करिब  १२ अर्ब ७३ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार (ईभी) नेपाल भित्रिएको छ । 

यस अवधिमा उक्त रकम बराबरको ५ हजार १०७ यूनिट ईलेक्ट्रिभ भेहिकल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 
ईभीको आयातबाट सरकारले ५ अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

नेपालमा सबैभन्दा ठूलो संख्यामा ५१ देखि १०० किलोवाट मोटर क्षमताको ईभी भित्रिने गरेको भन्सार विभागको तथ्याङ्क रहेको छ । 
नेपालमा विभिन्न ७ मुलुकबाट विद्युतीय सवारी आयात हुने गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?