दिनभर एक ठाउँमा बसेर काम गर्नेलाई हुनसक्छ यस्तो समस्या 

दिनभर एकै स्थानमा बसेर काम गर्दा सामान्यतया कम्मरको मसल्स कमजोर हुने,ढाड दुख्ने समस्या हुने,बोन पेन हुने,घाम नछिर्ने ठाउँमा बस्दा भिटामिन डी को कमी हुने,नशा च्यापिने,ढाड कुप्रो हुने, बस्दा हाम्रो शरीरले कुनै खास काम गर्नुपर्दैन वा व्यायामसमेत गर्दैन ।

अनि खानेकुराबाट प्राप्त शक्ति प्रयोग नभई सञ्चित हुन्छ । जसले बोसो जमेर मोटो हुन मद्दत पुग्छ । मोटोपनको समस्या सिर्जित हुने र मोटोपन भएकै कारण पत्थरी हुने हुन्छ,मानसिक तनाव हुने,मधुमेह,प्रेसर लगायतको  लगायतका समस्याहरू निम्तन सक्छन् ।

दिनमा आधाभन्दा धेरै समय कुर्सीमा बस्ने मानिसमा मधुमेह र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना दुई गुणा बढ्ने कुरा अर्थोपेडिक डा. हेम लिम्बु बताउनुहुन्छ ।

लगातार कुर्सीमा बसिरहँदा शरीरका मांसपेशीहरू सक्रिय नहुने, रक्तसञ्चारमा बाधा पुग्ने, मस्तिष्कमा अक्सिजनको कमी हुने, मोटोपन बढ्ने सम्भावना त्यत्तिकै हुन्छ ।

त्यसैगरी हड्डीसम्बन्धी समस्या आउने, पाचन प्रणालीमा अवरोध आउने सम्भावना पनि अत्यधिक हुन्छ । खाना खाँदा बित्तिकै कुर्सीमा बस्दा रगतमा चिनीको मात्रा बढ्ने सम्भावना पनि धेरै हुन्छ ।

यस्ता समस्याहरू निम्तन नदिन के गर्ने ?

बिहान बेलुका शारीरिक कसरतको लागी समय छुट्टाउने,योगा गर्ने,दुखाइमा राहत दिने तेलहरूको प्रयोग गर्ने, कुर्सीमा बस्दा कुर्सीलाई टेबलकै छेउमा जोडेर बस्ने, कुर्सीमा कुसन राख्ने गर्न सकिन्छ ।

कुर्सीमा बसेर काम गर्दा ढाडलाई सोझो पारेर बस्नुपर्छ । ढाडले पछाडिबाट पर्याप्त मात्रामा सहारा पाइरहेको हुनुपर्छ । घुँडा आसनभन्दा केही तल झुकेको हुनुपर्छ । लत्रिएर, कुप्रिएर बस्दा ढाडको समस्या आउँछ ।

कम्प्युटरमा काम गर्नेले किबोर्डमा हात पुर्या‍उँदा नाडीदेखि कुहिनोसम्मको भाग सीधा राखेर अड्याउन मिल्ने गरी कुर्सी र टेबलको साइज मिलाउनुपर्छ । त्यसैगरी, कुहिनोदेखि माथिको भाग शरीरको दायाँबायाँ सीधा भएको हुनुपर्छ । खुट्टा भुईँमा पूरै टेकिएको हुनुपर्छ ।

कम्प्युटरको स्क्रिन आँखाको उचाइमा र सामुन्ने हुनुपर्छ । स्क्रिन आँखाको लेभलभन्दा माथि वा मुनि भयो भने गर्धनको मांसपेशी र हड्डीमा समस्या आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?