जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नक्‍कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका इन्जिनियर चौधरीविरुद्ध मुद्धा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्‍कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको विषयमा मुद्धा दायर गरेको छ ।

अख्तियारले चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ‘१’ अनुसार सजाय मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?