जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टेन्सेन्टको ‘रियोट गेम्स’ले ११ प्रतिशत कर्मचारी कटौती गर्ने

काठमाडौं— टेन्सेन्ट होल्डिङको ‘रियोट गेम्स’ले बिश्वब्यपि रुपमा रोजगारी कटौती गर्ने भएको छ । रियोट गेम्सले आफ्ना कर्मचारीहरुका लागि सुचना जारी गर्दै करिब ५३० रोजगारी कटौती गर्ने बताएको हाे । 

यो कम्पनीको विश्वव्यापी जनशक्तिकाे करिब ११ प्रतिशत हो । कम्पनीका सीईओ डिलन जडेजाले लागतहरू धेरै बढेकोले रोजगरीमा कटौती गर्नुपरेको बताए । 

अनलाइन गेमिङ कम्पनीले लिग अफ लिजेन्ड्स, भ्यालोरेन्ट, टिमफाइट ट्याक्टिक्स र वाइल्ड रिफ्ट जस्ता लाइभ खेलहरूको पोर्टफोलियोमा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ । 

गत वर्ष अमेजन र टिकटकको मुल कम्पनी बाईटडान्सले आफ्नो गेमिङ डिभिजनमा कटौती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?