गायक दीपेन्द्रको गीत ‘पर्खाई ’ सार्वजनिक

काठमाडौँ– गीत ‘पर्खाई ’ सार्वजनिक गरिएको छ । गायक दीपेन्द्र सोनामको स्वर रहेको सो गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा सङ्गीतसमेत सोनामकै रहेको छ । गीतको म्युजिक भिडियोमा गायक सेनामका अलवा रिस्ता अधिकारी र नरेश लामिछानेको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

भिडियोको निर्देशन अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?