जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आँखाको मेकअप कसरी गर्ने ?

मेकअप सधैँ आँखाबाट शुरु गर्ने । अहिले रातोभन्दा बढी गोल्डेन, ब्राउन तथा ग्रीन कलर प्रचलित छन् आइ मेकअपका लागि आफ्नो आँखाको आकार राम्रोसँग थाहा पाउन जरुरी हुन्छ । 

आँखाको आकार अनुसार पहिले बेस प्रयोग गर्ने आइस्याडो प्रयोग गर्दा जहिले पनि अपमा लगाउने । आँखाको कर्नरभन्दा बाहिर नजाने ।

गोल्डेन कलर लगाएर माथिबाट आफ्नो पहिरनको कलर हल्का टचअप गर्ने चाडपर्वका बेला विवाहित–अविवाहित प्रायः सबैले रातै रङ्गका पहिरन लगाउने हुँदा रातै टचअप गर्ने आँखाको कर्नरबाट ब्राउन तथा ग्रीन आइस्याडो प्रयोग गर्दा आँखा ठूलो देखिन्छ ।

टिनएजहरूलाई ब्ल्याक, ब्लु, ब्राउन, गोल्ड, सिल्भरले मर्च गरी स्मोकी आई देखाउँदा बढी सुहाउँछ । 

माथिको हाइलाइट भागमा ह्वाइट, सिल्भर र अफ ह्वाइट हल्का भी सेपमा लगाउँदा आँखा सारै लोभलाग्दो देखिन्छ आइलाइनर प्रयोग गर्दा आँखाको अगाडिको भागमा हल्का पातलो लाइन तथा बीचबाट मोटो लाइन तान्ने जसले आँखा ठूलो देखाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?