अब दुई महिनासम्म पृथ्वीबाट दुई ओटा चन्द्रमा देख्न सकिने,कारण यस्तो

काठमाडौँ – यो महिना पृथ्वीले दोस्रो चन्द्रमा पाउने भएको छ। तर मिनी मूनका नामले चिनिने यो चन्द्रमा सधैंभरीका लागि नभई २ महिनाका लागि मात्र पृथ्वीबाट देखिने छ । 

त्यसपछि र त्यसपछि हाम्रो ग्रहलाई र सूर्यलाई घुम्दै आफ्नै घर अर्थात् अन्तरिक्षमा रहेको क्षुद्रग्रह क्षेत्रमा फर्केर जानेछ।

अन्तरिक्षसम्बद्ध वेबसाइट स्पेस डटकम अनुसार यो चन्द्रमा सानो २०२४ पीटी ५ नामक एस्टेरोइड अर्थात् क्षुद्रग्रह हो । जो करिब ४ अर्ब वर्षदेखि पृथ्वीको मुख्य साथीका रूपमा रहँदै आएको छ । 

यस्ता मिनी मूनबारे अध्ययनमा पोख्त वैज्ञानिकहरूको टोलीले यो आउँदै गरेको गुरुत्वाकर्षणसम्बन्धी परिघटनाबारे पत्ता लगाएका हुन्।

उक्त टोलीले सधैँजस्तो नयाँ भेटिएका केही वस्तुहरूले चाखलाग्दा व्यवहार गर्छन् कि भन्ने हिसाबले अनुगमन गरिरहेका बेला २०२४ पीटी ५ को अनौठो गतिशील व्यवहार भेटेका थिए।

हाम्रो पृथ्वी नजिक आउने उक्त सानो चन्द्रमा अर्जुन क्षुद्रग्रह क्षेत्रसँग सम्बन्धित रहेको बताइएको छ। यो सूर्यभन्दा ९३ मिलियन माइलको दूरीमा पृथ्वीलाई घुमेजस्तै गरी अर्बिटमा  घुम्ने अन्तरिक्षको चट्टानहरुबाट बनेको द्वितीयक क्षेत्र मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?