जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

काठमाडौँ– भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको भेटीमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।

प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमूना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउदै विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेको बताएका छन् । 

उनले भने, ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।’

यस विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं । तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’ 

पवन कल्याणले अगाडी लेखेका छन्, ‘अब समय आएको छ कि भारतभरका मन्दिरहरूसँग सम्बन्धित सबै मुद्दालाई विचार गर्न राष्ट्रिय स्तरमा सनातन धर्म रक्षा बोर्ड गठन गर्नुपर्छ । यस विषयमा राष्ट्रिय स्तरमा सबै नीति निर्माता, धर्म प्रमुख, न्यायपालिका, नागरिक, सञ्चारमाध्यम र आ–आफ्नो क्षेत्रका सबैले बहस गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?