जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कुर्ता किन्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

लगाउन छरितो र सजिलो, ट्रेन्डी र क्लासिक लुक पनि दिने भएकाले धेरै ग्राहकको रोजाइमा पर्ने कुर्ताले बाह्रै मास बजार लिइरहेको हुन्छ। 

भारतबाट आएको याे पाेशाक दक्षिण एसियाली देश जस्तै पाकिस्तान, अफगानिस्तानदेखि बंगलादेशसम्म लोकप्रिय छ । 

सबैभन्दा क्लासिक ए–लाइन कुर्तादेखि नवीनतम ट्रेन्ड हाई र लो कुर्तामा महिलाहरू निकै सहज हुन्छन्। सबै प्रकारका कुर्ताहरू बजारदेखि अनलाइनमा सजिलै उपलब्ध छन्।

वास्तवमा, एक उत्तम कुर्ताले तपाईँको लुक बढाउन सक्छ। अर्कोतर्फ, यदि कुर्ता ठिक छैन भने, यसले तपाईँको लुक बिगार्न सक्छ। त्यसाे भए कुर्ता किन्दा के कुरा ध्यान दिने त ?

– सबैभन्दा मुख्यकुरा कुर्ता किन्दा यसको फेब्रिकमा ध्यान दिनुपर्छ । कुर्ता सधैँ मौसम अनुसार किन्नु पर्छ। यदि कुर्ताको कपडा धेरै हल्का छ भने यो धेरै समय टिक्दैन। 

–  प्रत्येक कार्यक्रम अनुसार कुर्ताको ढाँचा फरक हुन्छ। यदि तपाईँ स्टेटमेन्ट लुक चाहनुहुन्छ भने, साधारण ए–लाइन कुर्ता उत्तम हो। यद्यपि, सदाबहार लुक चाहने महिलाहरूले क्लासिक अनारकली वा अँगरखा शैलीमा जान सक्छन्। तिनीहरू धेरै उत्कृष्ट देखिन्छन्।

–  कुर्ता किन्दा केसँग लगाउने हो भन्ने कुरामा ध्यान दिनुहोस् । लामो कुर्ता पलाजो वा स्ट्रेट प्यान्टसँग राम्रोसँग जान्छ, यो सुरुवालसँग धेरै अनौठो देखिन्छ।

–  कुर्ताको फिटिङ्गलाई बेवास्ता गर्ने गल्ती नगर्नुहोस्। कुर्ताको डिजाइन जतिसुकै राम्रो किन नहोस्, यदि यसको फिटिङ्ग खराब छ भने त्यो राम्रो देखिँदैन ।

– कुर्ताको रङ्ग सधैँ तटस्थ हुनुपर्छ। बढी चम्किलो कुर्ता लगाउनाले मेकअप र गहनाको लुक लुकाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?