जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गजल

छाक टर्दैन, आगो बल्दैन, गरिबको घरबार भित्र।
के गलाउँछौ, के चलाउँछौ, तिम्रो सामन्ती दरबारभित्र।।

राप लाग्दैन, ताप लाग्दैन, खुकुरीको दाप पनि लाग्दैन ।
छोड्यो छाँट्न अपराधीलाई, के षड्यन्त्र छ तिम्रो तरबार भित्र।।

न वसन्त आउँछ न मधुमास आउँछ, खाली अभाव मात्र आउँछ ।
शासन उही छ स्वरूप उही छ, बदलिने के छ तिम्रो सरकार भित्र।।

देश कंगाल बनाइ छाड्यौ, दुनो सोझ्याउँछौ आफ्नो मात्र ।
तर्सिरहेछ देश बनाउने सपना, मरेर तिम्रो हरबार भित्र।।

–चित्र थापा, भगवतीमाइ– ७, दैलेख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?