ब्राउन राइसको अनेकौँ फाइदा

स्वस्थकर खानेकुराको चर्चा गर्दा ‘ब्राउन राइस’ (खैरो चामल)को नाम पनि आउँछ। अहिले धेरैजसो मानिस ब्राउन राइस खान थालेका छन्। 

ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकि यो कम प्रशोधित हुन्छ। सामान्यतया सेतो चामल बनाउन धेरै प्रशोधन गरिन्छ।

ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटुसम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।

यसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा गर्छ। 

विशेषज्ञका अनुसार नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ। 

ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ।

ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ।

ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ। सेतो चामलको सट्टा ब्राउन राइसको सेवन शरीरको तौल कर्म गर्नेका लागि फाइदाजनक मानिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?