जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं– महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देस शैक्षिक गन्तव्य बन्नसक्ने बताएका छन् ।

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाले स्वविवेकले छनोट गर्न सुझाए ।

उनले नेपाली युवाका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तव्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए। उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए ।

‘विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ। आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन्। आफूमा भएको ऊर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन्। यद्यपि, पछिल्लो समय क्यानाडा धेरै नेपालीको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुईमत छैन,’ उनले भने। 

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाको रोजाइमा रहेको बताए।

उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देस बाहिर आए पनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए । कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयले परामर्श सेवा उपलब्ध गराएका थिए । उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिले सयौं विद्यार्थीलाई परामर्श दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?