जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलियो पासवर्ड कसरी बनाउने ? 

आजको यस सूचना तथा प्रविधिको संसारमा सबैभन्दा ठूलो चुनौतीको विषय भनेकै सुरक्षा हो ।

तपाईँको कम्प्युटरको सिस्टम होस् या कुनै पनि कम्प्युटर नेटवर्क, इमेल, सोसल मिडिया, अनलाइन बैंकिड्ड, अनलाइन सपिङग, महत्त्वपूर्ण डकुमेन्ट या अन्य कुनै विशेष वेबसाइटहरू आदि सबैको प्रयोगमा पासवर्डको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ ।

यही पासवर्डको कमजोरीको कारणले गर्दा ठूलाठूला साइबर दुर्घटनाहरू हुने गरेका छन् । तपाईंको पासवर्ड जति जटिल हुन्छ, साइबर अपराधीको लागि क्र्याक गर्न त्यति नै असजिलो हुन्छ ।

१. माथिल्लो र तल्लो केस लेटरलाई (अंग्रेजी सानो र ठूलो अक्षर) मिलाउनुहोस् । 

२. पासवर्डमा आठ क्यारेक्टरभन्दा कम प्रयोग नगर्नुहोस् ।

३. कम्तिमा एउटा नम्बर र एउटा विशेष क्यारेक्टर समावेश गर्नुहोस् । जति धेरै क्यारेक्टर नम्बर भयो त्यति नै राम्रो हुन्छ । 

४. स्मरण गर्नलाई सजिलो होस्, तर अनुमान गर्नलाई अप्ठ्यारो । उदाहरणका लागि वेबसाइटको नाम, कीबोर्डको सामान्य प्याटर्न आदिबाट पासवर्ड नराख्नुहोस् । 

५. बलियो पासवर्ड हुन एकदमै आवश्यक छ । साइबर अपराधमा पासवर्ड जति धेरै अप्ठ्यारो हुन्छ, क्र्याक गर्न त्यति नै धेरै समय लाग्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?