जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा

काठमाडौं । बहराइन र दक्षिण कोरिया जारी एशियन कपको नकआउट चरणमा पुगेका छन् । बिहीबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।

त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।

त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट चरणमा पुग्ने निश्चित रहेको छ ।

सबै समुहका तेस्रो स्थानमा रहने देशहरु मध्ये शिर्ष चार देश नकआउट चरणमा पुग्ने छन् । सोहि अनुसार जोर्डन पनि नकआउट चरणमा पुग्ने भएको हो ।

त्यसैगरी समुह इ बाट मलेसिया भने ३ खेलमा एक अंक हासिल गर्दै चौथो भएपछि समुह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?